चट्याङ लागेर १४ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको उत्तरपश्चिमी भागमा दुई घरहरुमा चट्या लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोरघरमा यो घटना घटेको हो, जहाँ बुधवारदेखि मनसुनको वर्षा र पहिरोले कहर निम्त्याएको छ ।

प्रान्तीय प्रवक्ता कामरान बंगशले एएफपीलाई भने, “दुई वटै घरहरुमा चट्या लागेर एकै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।“

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले