सभामुखले बोलाएको सर्वदलीय बैठकमा को को जाँदै ?

सभाभुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्दै छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरोध गरे पछि सहमति जुटाउनका लागि हिजो सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

सभामुख सापकोटाले प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, एमाले संसदीय दलका नेता के.पी. शर्मा ओली, माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल “प्रचण्ड”, एकीकृत समाजवादी संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाको नेतृ दुर्गा पौडेल, नेमकिपाका नेता प्रेम सुवाल र राप्रपाका नेता राजेन्द्र लिङदेनलाई छलफलमा भाग लिन आमन्त्रण गरेका छन् ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्योपानेले बताए ।

एमालेले कार्यवाही गरेका १४ सासंदको सुचना सभामुखले सुचना टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते देखि शुरु भएको संसद अधिवेशन लगातार अवरोध गरिरहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले