‘एनआरएनए एउटा साझा अभियान हो’ –अध्यक्षका प्रत्यासी आचार्य

काठमाडौं–गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २० मा हुने १० औ महाधिवेशनका अध्यक्षका प्रत्यासी कुल आचार्यले एनआरएनए अभियान भएको र अभियानको रुपमा लैजानुपर्ने बताएकाछन्।

आइतबार काठमाडौंमा तनहुँबाट प्रतिनिधित्व गर्ने पत्रकारसँगको छलफलमा उनले आफू अघिल्लो चुनावमा पराजित भएर पनि अभियानको रुपमा उत्तिकै सक्रिय भएर काम गर्दै आएको बताए।

‘मैले हारजित भन्दा पनि अभियान हो भन्ने ठानेर काम गर्दै आएको हुँ, यो सामाजिक संस्था हो, सामाजिक रुपमा काम गर्न दिनुपर्छ’ उनले भने, ‘तर एउटा सानो झुण्ड छ जसले अरुलाई राजनीति भन्दा अलग राखेर आफूले चरम राजनीति गरिरहेको छ।’

उनले आफूले संस्थालाई मर्यादित र साझा बनाउनको लागि अगाडि देखि नै लागि परेको बताए। उनले संस्थाले राजनीतिक दल देखि एनआरएनएसँग सरोकार राख्ने सबै संस्थासँग सहकार्य गरेर एनआरएनएलाई सबैको साझा बनाउने अभियानमा लाग्नुपर्ने बताए।

आचार्यले डायस्फोरा विकासको लागि कोशेढुंगा सावित भएको भएपनि १८ वर्ष देखि नागरिकताको लागि लड्नु परेको भन्दै गुनासो गरे । ‘चाइनाले जहाँ जन्मेको भएपनि पासपोर्ट बनाएर उतै पठाइदिन्छ तर हाम्रो देशमा नागरिकतको व्यवस्था हुँदा पूँजी पलायन भएर गइरहेको छ, यसले हाम्रो मुटु खाइरहेको छ’ उनले भने ।

उनले आफ्नो नेतृत्वले ‘एक एनआरएनए एक रोजगार’ को कार्यक्रमको परिकल्पना गरेको बताए। ‘विदेशमा रहेका ६० लाख नेपालीका आ–आफ्ना समस्या छन् तिनलाई अबको नेतृत्वले पुरा गर्नुपर्छ ।’ उनले भने, ‘बाहिर भएको पूँजी, सीप र क्षमतालाई नेपालसँग जोड्न राम्रो भिजन भएको नेतृत्वको महसुुस हामीले गरेकाछौं ।’

आफूले कब्जा गर्ने नाममा संस्थालाई दुरुपयोग गर्ने काम भएकोले संस्था अझै धरापमा पर्ने जोखिम उत्तिकै रहेको बताए।

कार्यक्रममा महासचिवका प्रत्यासी डा.केशव पौडेलले विदेशमा बस्ने नेपालीहरूले नेपालको समृद्धिको लागि लगानी कसरी भित्र्याउन सकिन्छ, विदेशमा बस्ने नेपालीको विदेशी नागरिकता लिँदा नेपालको नागरिकको हैसियत कसरी कायम राख्ने भन्ने कुरालाई ध्यानमा राखेर एनआरएनको स्थापना भएको र अहिलेसम्म पनि यिनै एजेण्डालाई विस्तृतिमा अगाडि बढाइरहेको बताए ।

नेपालमा लगानीका क्षेत्र बढाउन र अर्थतन्त्रमा योगदान पुराउनको लागि एनआरएनएल आफ्नो भूमिका निभाउँदै आएको र एनआरएनएको ग्लोबल्ली नेतृत्व गरेर यसलाई थप व्यवस्थित गर्न आफ्ना यसभन्दा अगाडिको योगदान र प्रकृयाबाट अगाडि आएको बताए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले