‘पाप पखाल्न ऋषि पञ्चमीको व्रत बस्छन्’ भन्ने नविल बैंकले माग्यो माफी

काठमाडौं– ऋषि पञ्चमीको अवसरमा नविल बैंकको आधिकारिक सामाजिक संजालमा सम्प्रेषण गरिएको सन्देश महिला सशक्तिकरण तथा लैङ्गिक समानता विपरित हुन गएको भन्दै नविल बैंकले माफी मागेको छ।

बैंकले भनेको छ, ‘रजस्वला एक पवित्र प्राकृतिक प्रक्रिया हो, यस लगायत सामाजिक न्यायको हरेक सवाललाई यस बैंक सदैव सम्मान गर्दछ। आगामी दिनमा यस बैंकबाट प्रसारित तथा प्रकाशित हरेक सामाग्री लैंगिक समानतालाई ध्यानमा राखि प्रसारित–प्रकाशित गरिनेमा प्रतिवद्धता व्यक्त गर्दछौं ।’

बैंकले ऋषि पञ्चमीको अवसर पारेर ऋषि पञ्चमी व्रतलाई रजस्वला हुँदा जानेर वा नजानेर गरेका पापबाट मुक्ति पाउने व्रत भएको उल्लेख गरेको थियो । एनआइसी एसियाले पनि सोही प्रकृतिको सन्देश राखेको थियो । अहिले दुबै बैंकले उक्त सन्देश हटाएकाछन्।

Leave a Reply

Latest Posts

spot_img

अहिले