पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । थप ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षण र ३१ सय ४० एन्टिजेन गरी जम्मा ११ हजार १८ परीक्षणमा ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर गरी २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा र १५ सय ८६जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ सय ५४ जना सघान उपचार कक्षमा रहेका छन् भने १ सय ४० भेटिन्लेटरमा रहेका छन् । यसैगरि ३ सय २१ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४ सय २३ रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले