एमालेमा सुदूरका सान मानिने रावलको पद खोसेर माओवादीबाट आएका भट्टको पोल्टामा

काठमाडौं– नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी उपाध्यक्ष भीम रावलले नपाउने भएसँगै रावल असन्तुष्ट बनेकाछन्।

एमालेमा विवाद आएसँगै सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी माओवादी केन्द्रबाट आएका लेखराज भट्टले पाएको जिम्मेवारीलाई निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीले बहस चलाएसँगै रावल असन्तुष्ट बनेका हुन् ।

ओलीले आइतबार बिहान बालकोटमा भएको छलफलमा रावललाई उपाध्यक्षको जिम्मेवारीमा थप भूमिका निभाउनुपर्ने भन्दै घुमाउरो शैलीमा सुदूरपश्चिममा रावललाई जिम्मेवारी नदिने संकेत देखाएका हुन् । उनले भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेको एक नेताले बताए।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको आफू निकटका नेतासँग छलफलमा जुटेकाछन् । रावलले सबै तिर जेठ २ को अवस्था कार्यान्वयन हुने तर सुदूरपश्चिममा त्यो लागु नहुने हुन नसक्ने जिकिर गरेकाछन् ।

नेकपामा रहँदासम्म पनि इन्चार्जको भूमिकामा रहेका रावल एमालेमा उक्त जिम्मेवारीबाट बाहिरिने पक्षमा छैनन्।

एमाले विभाजनसँगै सुदूरपश्चिममा फुटको प्रभाव व्यापक बनेको छ । प्रदेश देखि स्थानीय तहसम्ममा विभाजनको बलियो प्रभाव देखिएसँगै ओली रावलको शक्तिसँगै सन्तुष्ट नदेखिएको एक नेताले बताए।

Leave a Reply

Latest Posts

spot_img

अहिले