बलिया दावेदार मानिएका मानन्धरले किन त्यग्दैछन् जिल्ला सभापति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेस राजनीति तातेको छ । अधिकांश जिल्लाका वडा स्तरका अधिवेशन सम्पन्न पनि भइसकेकाछन्।

पूर्व निर्धारित कार्यतालिका अनुसार केही फेरवदल भए अनुसार पालिका/क्षेत्र/जिल्लाका अधिवेशन केही धकेलिएकाछन् तर यी तहमा आफूलाई प्रतिस्पर्धा गराउने उम्मेदवारहरूले आफ्नै तरिकाले प्रचार प्रसार सुरु गरिसकेकाछन्।

नेपाली कांग्रेस दोलखाको जिल्ला सभापतिको बलियो दावेदारको रुपमा रहेका जिल्लाका चर्चित नेता हुन् इश्वर नारायण मानन्धर। सभापति लड्ने भनेर चर्चामा आएका उनी आफै भने अन्तिम समयसम्म सक्रियता देखाएका छैनन् । तरूण दलको राजनीतिबाट जिल्लामा नेतृत्वमा आएका मानन्धर दोलखा कांग्रेसका प्रभावशाली र कुशल संगठक नेताको रूपमा चिनिन्छन् ।

कुनै बेला तरूण दलको जिल्ला अध्यक्ष हुँदा सबै भन्दा चलाएमान संगठन बनाउने र कांग्रेसको युवा संगठन तरूण दल हो भनेर चिनाउने नेता हुन् मानन्धर । खासगरी संगठनलाइ मुख्य प्राथमिकता राख्ने नेता मानन्धर यो पटकको १४औं महाधिवेशनमा के गर्दैछन् त ?

१३ औं महाधिवेशनमा झिनो मतले जिल्ला सभापतिमा हारेका तर त्यस यता पार्टी पंक्तिमा राम्रो विश्वास जुटाएका मानान्धरले यस पटक सभापतिमा आफूलाई नउभ्याउनुमा धेरैले उनको दोलखा कांग्रेसको राजनीतिमा ठूलो त्यागको रुपमा हेरेकाछन् ।

उनी सभापतिमा दावी नगर्नुका पछाडि शुभचिन्तकहरुको सल्लाह बमोजिम भिमेश्वर नगरपालिकाको मेयरको तयारीमा लागेको अनुमान छ। उनी गएको स्थानीय निर्वाचनमा मेयरमा हार व्यहोरेका थिए। भिमेश्वर नगरपालिकाको मेयरमा १७ सय ९४ मत रद्द भएर चुनाबमा करिब एक हजार १५ मतले हार व्यहोरेका मानन्धर आफ्नो वलियो संभावना त्यसमा देखेको उनी निकटका नेताहरू बताउँछन्। त्यसो त उनको उत्तः प्रयासलाई जिल्ला कांग्रेसले सकारात्मक प्रयासको रुपमा लिएको बुझिन्छ।

यो अधिवेशनमा मानन्धरको भुमिका के भनेर सोध्दा उनी खासै बोल्न रूचाउँदैन । गएको अधिवेशनमा सभापति रूद्र खड्काको प्रतिस्पर्धी बनेर झिनो मतले हारेका मानन्धर यो पटक वडा तहदेखि जिल्ला तहसम्म निर्विरोध नेतृत्व चयन गर्ने अभियानमा लागेका छन् । जिल्लाको नेतृत्व तहमा रहेका जोसुकै बने पनि सर्वसम्मत नेतृत्व हुनुपर्छ भन्ने मान्यता राख्दै आएका मानन्धर आफुलाई विश्वास गरेर सभापतिको जिम्मेवारी दिए दायित्वबहन गर्न तयार रहेको बताउँछन् ।

उनी भन्छन्, ‘म राजनीतिक व्यक्ति हो ,एक जनालाई त मतदान गर्नैपर्छ ।’ मानन्धर आफुलाई पौडेल निकट ठान्ने गरिएकाले पौडेल निकट उम्मेदवारलाई नै सहयोग गर्ने बताउँछन् ।

मानन्धर यो पटक खुल्ला महाधिवेशन प्रतिनिधिका लागि मात्रै उम्मेद्वारी दिँदै छन् । विशेष गरि नगरको संगठनलाई सुधार गर्दै हिडेका मानन्धर बिगतमा जिल्लाका कुनाकन्दरामा संगठन गर्न पुग्ने गरेको र कार्यकर्ताहरुका गुनासोहरुलाई मध्येनजर गरेर अधिवेशनपछि जिल्लाका उत्तर दक्षिण पूर्व पश्चिमसम्म पुगेर जिल्लाको संगठनलाई शसक्त बनाउने अठोट गर्छन ।

मानन्धर यतिबेला जिल्लाका हरेक राजनीतिक गतिबिधिलाई सुक्ष्म ढंगले नियालिरहेका छन् । उनले कार्यकर्ताहरूको हरेक समस्यामा पनि आफुले सकेको सहयोग गरिरहेका छन् । जिल्लाको राजनीतिमा यो पटकको महाधिवेशनमा मानन्धर सभापतिका उम्मेद्वार बनेका भए वर्तमान सभापति खड्कालाई सहजै चुनावमा पराजित गर्न सक्ने नेताको रुपमा लिइएको थियो । तर मानन्धर संघीय निर्वाचनमा ३० हजार मत अन्तरले पराजित भएको कांग्रेसलाई धेरै भन्दा धेरै सभापति उम्मेद्वारको चाङ बोकाएर कांग्रेस बलियो हुने ठान्दैनन ।

उनी निकट कार्यकर्ताहरू भने मानन्धरलाई एक पटक जिल्ला सभापतिको रुपमा देख्न चाहेको बताउँछन् । उनि भन्छन्, ‘साथीभाईको सुझाबलाई सुन्नु र कार्यन्वयन गर्नु एउटा राजनीतिक कार्यकर्ताको धर्म हो । कार्यकर्ताले जहाँ बसेर खा भन्छन् त्यहीँ बसेर खान तयार रहेकाले पनि मेरो स्थान कार्यकर्ताले नै निर्धारण गर्छन् ।’

मानन्धर नेपाल तरुण दलको केन्द्रिय सचिवसम्म भएका व्यक्ति भएका र दशौं महाधिवेशन देखि निरन्तर महासमिति सदस्य हुँदै आएका मानन्धर राजनीतिमा त्याग ईमानदारिताले नजिते पनि आफु ईमानदारिताको बाटोमा हिँडिरहने बताउँछन् ।

नेपाल तरुण दलको केन्द्रिय सचिवसम्म भएका व्यक्ति भएका र दशौं महाधिवेशन देखि निरन्तर महासमिति सदस्य हुँदै आएका मानन्धर राजनीतिमा त्याग इमान्दारिताले नजिते पनि आफू इमान्दारिताको बाटोमा हिँडिरहने बताउँछन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले