व्यवसायी रुक्मशमशेर राणा रहेनन्

काठमाडौं– व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो।

भारतका लागि पूर्व राजदूत समेत रहेका राणा नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका छोरा समेत रहेका उनी मिर्गौला पीडित थिए।

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक समेत हुन्।

उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।

८५ वर्षको उमेरमा निधन भएका उनको आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले