२४ घण्टामा ११ सय ४६ जनामा संक्रमित पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ११ सय ४६ जना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ सय ६० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षण र २३ सय ६७ एन्टिजेन गरी जम्मा १० हजार ९१६ परीक्षणमा ११ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर गरी २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा र १६ सय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४ सय ५८ जना सघन उपचार कक्षमा रहेका छन् भने १ सय ४५ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरि २ सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले