अपराधको शिकार बनेको अवोध बाल्यकाल (अनुभूति)

त्यसवेला उनी सानै उमेरको भएकीले त्यो घटनाले उनको यौनाङ्ग सुनिएको वा रगत बगेको केही सम्झना छैन तर दुखेको पीडा अहिलेसम्म उनी बिर्सन सकेकी छैनन् । उनी काकाको त्यो दुव्र्यवहार सम्झेर अहिले पनि झस्किन्छिन् । तर उनलाई बलात्कार गर्ने काका अहिले पनि यही समाजमा खुलेआम बसिरहेका छन् ।

दिनहुँ कयौँ निर्दोष बालिका र महिलाहरू बलात्कृत भइरहेका छन् । हाम्रो समाजका पुरुष भेषका पिचासहरू दिनदिनै पशुतुल्य भइरहेका छन् । किन हुन्छ बलात्कारको घटना ? समाज कतातिर लम्किँदै छ ? यसको जिम्मेबार को हो ?

पुरुषका इन्द्रियहरू नियन्त्रण गर्न सजिलो छैन भन्ने दरिद्र मानसिकताको शिकार आज अबोध बालिका देखि वयोवृद्धा महिलासम्म बनेकाछन्। एउटै प्रकृतिका घटना समाजमा दोहोरिइरहेकाछन् । तिन माथिको नियन्त्रण जस्तै कानुन बनेपनि संभव देखिएको छैन।

मान्छेको मस्तिष्क नै त्यस्तो वस्तु हो जसले पुरै शरीरलाई सन्चालन र नियन्त्रण गरेको हुन्छ । महिलालाई दृष्टिकोण र सोचले हेर्ने भावना कतिखेर उत्पन्न हुन्छ भने जतिखेर नियन्त्रणको पराकाष्ठा बन्द हुन्छ । सकारात्मक सोचमाथि नकारात्मक सोचको हावी भएपछि त्यो मान्छेले मनपरी गर्न थाल्छन् र भन्छन् मैले आफूलाई नियन्त्रण गर्न सकिन । उसको यो कस्तो मनस्थिति ?

कसैले उसको उत्तेजना (अपराध) नियन्त्रणमा राख्न नसक्दा त्यसको सिकार बन्नुपर्ने त्यसमाथि विभिन्न कारणले न्यायको ढोका ढक्ढकाउन जान नसक्ने अवस्था विद्यमान छ । त्यही परिदृष्यको एक घटना सन्दर्भ यहाँ कोट्याउन गइरहेको छु । यो एउटा प्रतिनिधि घटना हो जसले समर्ग हाम्रो अवस्था कै प्रतिनिधित्व गर्छ।

यो घटना हाम्रै समाजको ९ वर्षको बालापनामा बलात्कृत हुन पुगेकी बालिकासँग जोडिएको हो। उनको नाम सारिका (नाम परिवर्तन) हो । वि.स. २०५० सालतिरको कुरा हो । सारिका आफ्ना तीनजना साथीहरूसँग पोखरीमा नाङ्गै नुहाइरहेकी थिइन् । साथीहरू नुहाएर पोखरीबाट घर फर्किसकेका थिए । उनी एक्लै मस्त नुहाइरहेकी थिइन् । साथीहरू आफूलाई छोडेर फर्किसकेको समेत उनले चाल पाइनन् ।

उनी नुहाइरहेको बेला पानीमा उनको हात कसैले अठ्ठ्यायो । फर्केर हेर्दा एउटा परिचित अनुहार उनको टोलकै काका नाता पर्ने थियो। उनलाई डर लाग्यो, उनी साथीहरूलाई खोज्न थालिन् । साथीहरू त्यहाँ थिएनन् । मध्य दिन थियो । चर्को घाम लागेको थियो । पोखरी सुनसान थियो । उनी र काका पर्ने बाहेक पोखरीमा कोही थिएनन् ।

उनका हात काकाले अठ्याएकाले उनी भयभित भइन् । जब काकाले उनलाई बोकेर पानीभित्रबाट चिमोट्न थाल्यो त्यसपछि उनले चाल पाइन् काकाले उनीसँग नराम्रो काम गर्दैछ । उनका बा आमा पनि उनलाई माया र हेरचाह गर्ने गरी स्पर्श गर्थे तर उनलाई कहिले पनि बाअनमाको स्पर्श नराम्रो लागेन तर काकाको स्पर्श उनलाई दिक्क लाग्दो र भयभित लाग्यो । उनी त्रसित भइन् ।

काकाको व्यवहार देखेर उनी रुँदै कराउन थालिन् । उनी कराएको देखेर काकाले पानीमुनि डुबाइदिन्छु भन्दै उनलाई समातेर पानीमा डुबुल्की लगाउन थाले । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । काकाले उनको घाँटी अठ्याउँदै पानीमा डुबुल्की लाउँदै, निकाल्दै धम्की दिँदै भने, ‘अझैँ कराउँछेस् ? कराइस् भने पानीमा डुबाएर मारिदिन्छु ।’ डरले उनी ‘कराउँदिनँ’ भन्दै छिटछिटो सास फेरिन् ।

उनका काका १४ वर्षका थिए। उनी धेरै डराएकी थिइन् । काकाले उनलाई बोकेर जथाभावी चिमोट्यो । पानीभित्र बलात्कार गर्यो । उनलाई बेसरी पीडा भयो । मात्र पीडा भयो । उनको आँखाबाट आँसु बगिरहेको थियो । मुख थुनिदिएकाले र पानीमा डुबाइदिने धम्कीको डरले उनी केही बोल्न सकिनन् ।

उनलाई यति मात्र थाहा भयो काकाले जे गरे त्यो नराम्रो काम थियो । जब उनी घर फर्किन् उनले आफ्नी आमालाई सबै वृतान्त बताइन् । उनकी आमा उल्टै उनलाई भनिन्, ‘चुप्, चुप्, यस्तो कुरा नबोल्, नत्र पछि तेरो बिहे हुँदैन । यो कुरा कसैलाई नभन् । बालाई पनि नसुना ।’ आमाबाट नै उनलाई चुप लागेर बस्ने कुरा सिकाइयो । उनका बा कामको सिलसिलामा बाहिर थिए । उनी मनोवैज्ञानिक रुपले विक्षिप्त थिइन् तर आमाले कसैलाई नभन् भनेको हुनाले उनी कसैलाई सुनाइनन् ।

त्यो दिनदेखि उनलाई कसैले छुन आए भने उनी तर्सिन्थिन् । परिवार वा आफन्तले उनलाई स्पर्श गर्दै केही भने भने मलाई किन छोइस् भनेर उनी झगडा गर्थिन् ।

चिरचिराहट उत्पन्न हुन्थ्यो । आफन्तहरूसँग बाझ्थिन् । तर आफन्तहरूले उनको मनोविज्ञान बुझ्ने प्रयास गर्दैनथे । उल्टै आफन्तहरूले भन्थे, यो केटीको व्यवहार नराम्रो हुँदै गएको छ ।

उनको बालमनोविज्ञान र मानसिक तथा शारीरिक पीडा कसैले बुझेनन् र बुझ्न चाह्दैनथे । न त उनमा त्यो पीडा कसैलाई व्यक्त गर्न सक्थिन् । आमालाई व्यक्त गरेकी थिइन् तर आमाको सहयोगले कसैलाई यस्तो कुरा नभन् भन्ने आदेश पाएपछि उनको अबोध मन भित्रभित्रै म नै गलत छु भन्ने अनुभव हुन थाल्यो र उनी अपराधबोध अनुभव गर्न थालिन् ।

उनी स्कुल पढ्न जाँदा पनि उनको व्यवहार अचानक परिवर्तन भयो । उनी शिक्षकहरूसँग धेरै नबोल्ने, भित्रभित्रै रिसाइरह्ने, पढ्न मन नलाग्ने, साथीहरूसँग घुलमिल हुन खोज्दैनथिन् ।

एक्लै बस्न मन पराउथिन् । बालापनको निर्दोष उमेरमा सबैसँग निस्वार्थ मन बोकेर खेल्ने वेलामा उनी सबैसँग बन्द हुन थालिन् । खुलेर बोल्नै छोडिन् ।

बाल्यकालमा नै उनको खुसी खोसिएको थियो । उनी निर्दोष भए पनि अपराधबोध अनुभव गर्दै बाल्यकाल बिताइन् । उनकी आमा उनलाई सहारा दिँदै काकालाई सजाय दिलाउन मद्धत गरेको भए उनी त्यो घटना बिर्सेर पहिलाको जीवनमा फर्किन सक्थिन् ।

तर उनी ठुलो भएपछि यस्तो घटनाबारे अरुले थाहा पाए उनको बिहे हुँदैन भन्ने भ्रममा परेर बलात्कारीलाई अंकुश लगाउन मद्धत गर्नबाट बञ्चित भइन् । अपराध नगर भनेर भन्न सिकाउनै पर्ने हो ? सही र गलत कामबारे बाल्यकालमा सचेत गराउनु अभिभावकको पहिलो जिम्मेवारी हो ।

उनी अहिले ३६ वर्षकी भइन् । सहरमा बस्छिन् । त्यसवेला उनी सानै उमेरको भएकीले त्यो घटनाले उनको यौनाङ्ग सुनिएको वा रगत बगेको केही सम्झना छैन तर दुखेको पीडा अहिलेसम्म उनी बिर्सन सकेकी छैनन् ।

उनी काकाको त्यो दुव्र्यवहार सम्झेर अहिले पनि झस्किन्छिन् । उनलाई बलात्कार गर्ने काका अहिले पनि यही समाजमा खुलेआम बसिरहेका छन् । उनी बलात्कारी काकालाई सजाय दिलाउन चाहन्छिन् तर उनीसँग अहिले केही प्रमाण छैन । उनका बालाई छोरी बलात्कार भएको कुरा अहिलेसम्म थाहा छैन् ।

उनकी आमा त्यतिवेला छोरीको कुरा सुनेर अपराधीलाई सजाय दिलाउन मदत गरेको भए आज उनको मनमा कुनै बोझ बाँकी रहने थिएन । उनी अहिले पनि बाल्यकालको त्यो घटना सम्झेर धेरै उदास हुन्छिन् ।

उनी अहिले पनि बोझ बोकेर बाँचिरहेकी छिन् । बाल्यकालमा सबैको बाल्यकाल खुसीले भरिएको थियो तर त्यो घटना घटेदेखि उनको बाल्यकाल बादल लागेजस्तै अँध्यारो र धुम्म परेको जस्तो भयो । उनी बलात्कारी काका भनाउँदा मान्छेको अनुहार हेर्न खोज्दिनन् तर गाउँ गएको वेलामा त्यही बलात्कारीको अनुहार हेर्नुपर्दा खुकुरीले घाँटी छिनेर मारदिऊँ लाग्छ उनलाई । तर उनले त्यस्तो पनि गर्न सकेकी छैनन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले