अटेरी स्थानीय तह, वर्षमा एक पटक सार्वजनिक सुनुवाई, त्यसमा पनि अनुपस्थित

मुगु– जिल्लाका स्थानीय निकाय तथा सरकारी कार्यालयहरूले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार चार महिनामा कम्तिमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ।

पारदर्शिता र सुशासन लोकतन्त्रको महत्वपूर्ण औजार हो भन्ने मान्यताका साथ नेपाल सरकार तथा स्थानीयतहहरूका सार्वजनिक सरोकार राख्ने निकायहरूले अनिवार्यरुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, मुगुका तीन गाउँपालिका र एक नगरपालिका लगायत अन्य दर्जनौं संघ र प्रदेश मातहतका सरकारी कार्यलयहरूले आफ्ना कार्यलयका गतिविधिहरू सार्वजनिक सुनुवाई गरेको पाइँदैन ।

जिल्ला समन्वय समितिको आयोजनामा बुधबार देखि चार दिनसम्म आयोजना गरेको जिल्लाका स्थानीय तहमा जनप्रतिनिधिले उपस्थितिको लागि चासो देखाएनन्।

वार्षिक सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागिता हुन नेपाल सरकारका संघीय र प्रदेश मातहतका कार्यालयहरू र चार वटा पालिकाका प्रमुख र उपप्रमुख अनिवार्य रुपमा उपस्थिति हुन लिखित पत्रचार गरिएको भएपनि सोरु गाउँपालिका र खत्याड गाउँपालिका बाट सहभागिता नदेखिएको जिल्ला समन्वय समितिकी उपप्रमुख कर्णशिला मल्लले बताईन ।

नागरिक समाजका संयोजक रुप बहादुर मल्लले आफ्ना कार्यालयहरूको गतिविधि तथा कार्यक्रमहरूको रणनीति, उद्देश्य अनुसार कार्य सम्पादन लगायत सेवाग्राहीलाई प्रदान गरिने सूचनाको हक सम्बन्धि सूचनामा मैत्रीपूर्ण वातावरण नभएको जनगुनासो आउने गरेको बताए।

वार्षिक कार्ययोजना र आयव्यय विवरणमा सार्वजनिक सुनुवाई नगरेर मुगुका आम जनसमुदायहरूलाई गुमराह सरह राखिएको उनको आरोप छ।

मल्लले भने, ‘स्थानीय निकाय तथा सरकारी कार्यलयहरूबाट सञ्चालन गरेका कार्यक्रमहरूको कार्यालयको चुस्तदुरुस्त सकारात्मक वा नकारात्मक प्रभावबारे मुल्यांकन गर्ने र रचनात्मक राय सुझाव जिज्ञासा जनगुनासोहरू जस्ताको त्यस्तै खुल्ला छलफल नगरिदिँदा सरकारी कार्यालयहरूमा भ्रष्टाचार मौलाएको जनगुनासो बढेको छ ।’

जनतालाई सचेत र शासनकलाई जनउत्तरदायी बनाउने सार्वजनिक सुनुवाई भएको नभएको अनुगमन गर्ने निकायहरूले पनि खासै ध्यान नदिनु चिन्ताको विषय भएको समाजसेवी डबल बहादुर मल्लले बताए ।

सार्वजनिक सुनवाइको चौंथो बार्षिक समिक्षाको उद्घाटन प्रदेश संसद दानसिंङ परियारले गरेका थिए।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादूर रोकायाले गरेका थिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले