पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । थप १६ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६७ पीसीआर परीक्षण र ३६ सय ८८ एन्टिजेन गरी जम्मा १३ हजार ४ सय ५५ परीक्षणमा १६ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर गरी २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा र १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरि ४ सय ८८ जना सघन उपचार कक्षमा रहेका छन् भने १ सय ४० जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१ सय ६१ रहेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले