ठूलो भर्याङमा रि–ट्रायल दिनेले कहिले दिन पाउने ?

काठमाडौं– यातयात व्यवस्था कार्यालय ठूलो भर्याङ काठमाडौंले विभिन्न सवारी साधनको रि–ट्रायल दिने सूचना सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार मोटरसाइकल, स्कुटर, मोडेपको लाइसेन्सको लागि भदौ १६ देखि २५ सम्म राजस्व बुझाउनेले भदौ २८ मा ट्रायल परीक्षामा सहभागी हुन पाउनेछन् ।

त्यस्तै सोही समयका राजस्व बुझाउने कार, जिप, डेलिभरी भ्यानको ट्रायल भने भदौ २७ मा संचालन हुनेछ।

पुराना बाँकी र भदौ १६ देखि २५ सम्म राजीव बुझाउने मिनिबस, मिनि ट्रकको लाइसेन्सको लागि भदौ २८ मा ट्रायल छ । सोही मितिमा राजस्व बुझाउने बस, ट्रक र लहरीको ट्रायल भदौ ३० मा तय गरिएको यातयात कार्यालय ठूलो भर्याङले जनाएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले