पालिकाको समृद्धि हाम्रो सामुहिक सपना

पर्यटनको विकास गर्न सके पालिका स्वर्ग जस्तै छ तर सडक संजालले बाहिर जोड्न नसक्दा त्यसले मूल्य पाएको छैन

कार्मा तामाङ, प्रवक्ता
मुगूम कार्मारोङ गाउँपालिका
, मुगु

हामी संघीय संरचनामा स्थानीय तहको नेतृत्व गरेर जनप्रतिनिधिको रुपमा चार वर्षको भन्दा बढी समय देखि काम गर्दै आइरहेका छौं।

भुगोलको हिसावले हाम्रो गाउँपालिका दुर्गम भन्दा पनि महा दुर्गम हो। स्थानीय तहमा जनप्रतिनिधि छनौटको लागि २० वर्ष पछि निर्वाचन भएको हो। त्यस हिसाले स्थानीय तह संचालनमा अनुभव हामी जो कोहीसँग थिएन ।

त्यसमा संघीय संरचनामा स्वायत्तता दिएको भनिएको अहिलेको अवस्थामा हामीसँग धेरै चुनौती थिए/छन्। तथापि हामी हाम्रो क्षेत्रको विकासको लागि एक भएर लाग्ने प्रयास भएकै कारण धेरै सकारात्मक परिवर्तन देखिएको भने छ।

गाउँपालिकामा हामी फरक फरक पार्टीको प्रतिनिधित्व गर्छौं । पार्टीका हिसावले गाउँ कार्यपालिकामा दुई मध्ये एक पार्टीको बहुमत हुनु स्वाभाविक हो तर हामीले योजना बनाउने कुरामा र विकासका कुरामा कहिल्यै त्यो आभाष हुन दिएनौं । खासमा भन्दा हाम्रो गाउँको विकास हाम्रो सपना हो ।

अहिलेसम्म एउटा पनि विवाद नदेखिएको गाउँपालिका हाम्रो गाउँपालिका पर्छ। हामी सबैजना के गर्ने भनेर छलफल गरेर निर्णय गर्छौं । सहमति गरेर मात्रै पालिकाले गर्ने काम गर्छौ। जनताका आवश्यकता प्राथमिकतामा पारेकै कारण जनात पनि खुशी नै छन् ।

हामी आफूले सकेसम्म प्रभावकारी रुपमा जिम्मेवारी लिनुपर्छ भन्ने ठान्छौं । म एक वडा अध्यक्ष भए पनि धेरै जिम्मेवारी लिएर काम गरे छु। अध्यक्षज्यूले म माथि विश्वास गर्नुहुन्छ, मैले त्यो विश्वासलाई कायम राख्न सक्दो प्रयास गरेको हुन्छु ।

जनताको सिधा सम्पर्कमा रहनु पर्दा धेरै दवावमा काम गर्नु त पर्छ नै । धेरै आवश्यकताहरू चाहेरै पनि पुरा गर्न नसकिने हुन्छ। योजना छनोट गर्दा हामीले राजनीति दल, वडाबासीलाई सहभागी गराएर छलफल गर्छौं। कार्यपालिकाका सदस्य सबैसँग सल्लाह गरेर कति बजेट कहाँ लगाउने भन्ने कुरामा सल्लाह गर्दै आएका छौं ।

बजेटको जोहो गर्न गाह्रो

जनतामा एक खालको पर निर्भरता बढ्दै गएको भने छ । पहिले श्रमदान धेरै हुन्थ्यो अहिले श्रमदान गर्न कोही पनि तयार हुँदैन । साना भन्दा साना काम पनि पालिकाकै मुख ताक्ने काम बढ्दै गएको छ। उल्टो यो काम छिटो हुनुपर्यो भन्ने दवाव आउँछ । यो नागरिक स्तरमा बढ्दै गएको चेतना स्तरको विकास त हो तर विकासमा अपनत्व नदेखिने यो अवस्थाबाट हामी केही चिन्तित भने छौं।

दुर्गम क्षेत्रमा अहिले पाइदै आएको बजेट साह्रै कम हो । हामी साह्रै सिमित बजेटमा धेरै काम गर्ने बाध्यता छ। पालिकाको अर्को स्रोत यार्सागुम्बा संकलनबाट उठाउने राजस्व हो तर कोरोना महामारीका कारण त्यो पनि बन्द भयो। करोडमा उठ्ने राजस्व अहिले अरु जडिबुटीबाट सामान्य केही लाख मात्र राजस्व उठ्छ। यस्तो अवस्थामा बजेट संघ र प्रदेशले कति दिन्छन् भनेर कुर्नुपर्ने बाध्यता छ।

जडिबुटीसँगै पर्यटन अर्को संभावना हो । हाम्रो क्षेत्र सडकको पहुँचमा नप्गेकै कारण संभावना भएको पर्यटनमा पनि पछाडी परेको महसुस हुन्छ। घुम्नको लागि सहजै पुग्न सकिने अवस्थामा साँच्चिर्क स्वर्ग हो हाम्रो ठाउँ। यति रमाइलो ठाउँ छ, पुगेको जो कोही फर्कन मन नगर्ने ठाउँ छ। मुगु सरदमुकाम गमगढीबाट १६ किलोमिटरको दुरीमा हुँदा पनि यातयात सहज नहुँदा आझेलमा परेको छ।

हामीले गरेका विकास

योजना अगाडि ल्याउन सक्ने हो भने ठूला ठूला विद्युत आयोजनाको संभावना छ तर साना लघुजल विद्युत आयोजनाबाट बत्ति बालेको अवस्था छ। तर अहिले पनि एउटा वडामा बत्ति पुगेको छैन।

हामी पालिकमा गइसकेपछि हाम्रै पहलमा साना दुई लघु जलविद्युत आयोजना निर्माण भएकाछन् । पालिकाका भवन संरचना बनेकाछन् । हरेक गाउँमा स्वास्थ्य चौकी बनेकाछन् । १० शय्याको अस्पतालमाको निर्माण प्रकृया अगाडि बढेको छ।

हाम्रो क्षेत्रका आवासीय विद्यालय समेत बनाएका छौं । पालिकाबाट बाहिरिन सडक संजाल नबनेको भएपनि पालिका भित्र गाउँगाउँमा पक्की सडक बनाउने काम भएको छ। ठूलो सडक नभएपनि हरेक वडामा कम्तिमा २० वर्षसम्म देखिने गरि पक्की सडक निर्माण भएको छ। कृषिमा बलियो संभावना छैन तर पशुपालनको संभावना छ।

व्यवसायमा संभावना भएपनि सबै भन्दा ठूलो समस्या बसाइसराइ नै हो । गमगढी, जुम्ला, सुर्खेत, काठमाडौं तिर बसाइ सर्ने क्रम बढ्दो छ । यूवाहरू विदेश तिरै ताकिरहेका हुन्छन् । हामी ले कृषि योग्य जमिनमा खेती गरियो। पशुमा पनि अहिले छैन ।

सामाजिक सुरक्षा भत्ता संघीय सरकारको योजना अनुसार नै छ । त्यस्ता अतिरिक्त ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई १५ सय नगदले सम्मान गर्ने कार्यक्रम राखेका छौं। धेरैलाई यूवाहरू सिपमुलक तालिमको व्यवस्था गरेका छौं । त्यमा पनि अपांगता भएका नागरिकलाई सिपमुलक तालिम उपलब्ध गराउँदै आएका छौं ।

नागरिकका अपेक्षा धेरैछन् तर सबैले सडक नै चाहियो भन्ने अपेक्षा छ । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा हामी सचेत छ छों नै । त्यसका अतिरिक्त पनि हाम्रो पालिकामा पर्यटन , होमस्टे , पशुपालन, जडिबुटी , बिरुवा लगायतका संभावनाको संभाव्यता पनि खोजिरहेका छौं।

(तामाङसँगको कुराकानीमा आधारित)

Leave a Reply

Latest Posts

spot_img

अहिले