अर्घाखाँचीमा नेकपा (एस) रोज्ने जनप्रतिनिधि ६ पुगे

अर्घाखाँची– जिल्लामा नेकपा (एकिकृत समाजवादी) रोज्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिको संख्या ६ पुगेको छ ।

आइतबार जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीमा सितगङ्गा नगरपालिका वडा न ६. बाट निर्वाचित वडा सदस्य गोबिन्द प्रसाद पोख्रेल र सितगङा नगरपालिका वडा न.१३ बाट निर्वाचित वडा सदस्य जिबलाल क्षेत्रीले नेकपा (एस) मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शुक्रबार पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ४ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गौतम अनेमसंघ अर्घाखाँचीकी उपाध्यक्ष समेत हुन् ।

शुक्रबार एमालेबाट समाजवादीमा जाने पाणिनी गाउँपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्वाचित महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका वडा नं ५ का सदस्य डोल बहादुर चौहान रहेका छन् ।

भुसाल नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन विभाग सदस्य तथा मुखिया नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् ।

नेकपा एकीकृत समाजवादीका जिल्ला संयोजक रामबहादुर चौहानले यस अघिको ७० सदस्सीय कमिटीका सबै सदस्य आउने दावी गरे। ‘एमालेको समानान्तर कमिटीका सबैजना यता आएको अवस्था छ, ७० जनाको कमिटी थियो त्यसलाई थपेर जिल्ला कमिटी बनाउने तयारीमा छौं,’ उनले भने ।

Leave a Reply

Latest Posts

spot_img

अहिले