भगवान श्रीकृष्णका १० रोचक प्रसङ्ग

आज कृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णलाई विशेष गरि हिन्दू धर्मालम्बीले अगाध आस्थाका साथ संझन्छ । भगवान श्रीकृष्णका सन्दर्भका धेरै प्रसङ्ग छन् । उनीसँग जोडिएका धेरै पुस्तकहरू पनि छन् । तिनै मध्येका केही प्रसङ्ग यहाँ समिटिएको छ ।

श्रीकृष्णको आयु

भगवान श्रीकृष्णले लगभग १ सय २५ वर्षको उमेरमा देहत्याग गरेको मानिन्छ तर केही ज्योतिषीहरूका अनुसार उनको उमेर १ सय १० वर्ष थियो ।

मृत्युको समयमा पनि श्रीकृष्ण युवाजस्तै थिए, नत उनको अनुहारमा कुनै चाउरीपना थियो न कुनै कपालनै सेतो भएको थियो । सँगसँगै उनबाट अद्भुत प्रकारको सुगन्ध आउथ्यो। जसले जोकोहीलाई पनि श्रीकृष्ण तिर आकर्षित गर्दथ्यो ।

राधा

राधा–कृष्णको प्रेम विश्वप्रशिद्ध छ तर कुनैपनि मुल हिन्दूग्रन्थमा राधाको नाम वा व्याख्या पाइदैन।

द्वारिका नगर

भगवान श्रीकृष्णले उजाड रहेको कुशस्थलीलाई बसाएर त्यसलाई द्वारिका नाम दिएका थिए तर उनी द्वारिकामा धेरै कम समय व्यतित गरेको कथन छ । श्रीकृष्णले आफ्नो जीवनकालको लगभग ६ महिना जतिमात्र द्वारिकामा बिताएका थिए । पछि द्वारिका नगर समुन्द्रमा विलय भयो। त्यससँगै यदुवंशीहरूको पनि नाश भएको मान्यता छ।

हालसालै द्वारिकानगरका केही अवषेश तथा भाडाकुडाहरू भेटिएका छन् जसलाई ५सय देखि ३ हजार इसापूर्वको मानिएको छ ।

रथ

श्रीकृष्णको रथको नाम जयतु थियो जसलाई शैव, सुग्रिव, मेघपुष्प, बलाखा नामक अश्वहरूले तान्दथे ।

पत्नीहरू

श्रीकृष्णको जीवनसँग जोडिएका १६ हजार गोपिनीका प्रसङ्ग आउँछन् । उनका पत्नी भने ८ जना मात्र थिए। ती १६ हजार कन्याहरू ती कन्याहरू थिए जसलाई एक असुरले बन्दी बनाएर राखेका थिए ।

श्रीकृष्णले असुरबाट ती कन्याहरूलाई मुक्त गराएका थिए तर असुरबाट मुक्त भएपछि ती कन्याहरूलाई समाजले स्विकारेन । समाजले अस्वीकार गरे पछि श्रीकृष्णले ति सबै कन्याहरूसँग आफूसँगै राखेका थिए।

कला

श्रीकृष्ण ६४ कलाहरूमा निपुण थिए । जस्तै धनुषविद्या, युद्धकला आदि तर उनलाई बाँसुरीवादन तथा नृत्यमा खास रुची थियो । उनीसँंग थुप्रै शस्त्र र अस्त्र थिए तर सुदर्शनचक्र सधै उनीसँगै रहन्थ्यो ।

सुदर्शनचक्र भगवान शिवले निर्माण गरेका थिए । भगवान शिवले सुदर्शनचक्र माता पार्वतीलाई दिएका थिए, माता पार्वतीले भगवान विष्णुलाई र भगवान विष्णुले परशुरामलाई दिएका थिए । परशुरामले सुदर्शनचक्र श्रीकृष्णलाई दिएका थिए । जसपश्चात सधै श्रीकृष्णसँगै रहिरह्यो ।

श्रीकृष्ण र अर्जुनको युद्ध

श्रीकृष्णले अर्जुनलाई महाभारतमा ज्ञान दिएका थिए । जसले गर्दा नै पाण्डवहरूले कौरवहरूलाई हराउन सके । महाभारतमा कौरवहरू हार्नुको मुख्य कारण श्रीकृष्णनै थिए ।

महाभारत अहिलेसम्मको विनाशकारी युद्ध मानिन्छ तर कुनै बेला श्रीकृष्णको अर्जुनसँग पनि भिषण युद्ध भएको थियो। त्यस युद्धको कारण श्रीकृष्णकी बहिनी सुभद्राको एउटा प्रतिज्ञा थियो ।

त्यस युद्धमा अर्जुन र श्रीकृष्णले सबैखाले शस्त्र र अस्त्रहरू प्रयोग गरेका थिए । त्यो भिषण युद्ध देवीदेवताहरूले मिलेर नरोकिएको भए संसारको नामै नरहने विश्वास रहि आएको छ।

पहिलो जिवाणु युद्ध

श्रीकृष्णले आफ्नो जीवनकालमा धेरै युद्धमा भाग लिएका थिए, जसमध्ये कुनै कुनै धेरै भयानक थिए जस्तै महाभारत, जरासंघको वध, नरकासुरसँग युद्ध त्यस्तै शिवजी र वाणसुरसँगको युद्धमा वैश्नवजरको प्रयोग गरेका थिए । यस युद्धलाई पहिलो जिवाणु युद्ध पनि मानिन्छ ।

मृत्युको कारण

श्रीकृष्णको मृत्युको कारण कौरवहरूको आमा गान्धारीको श्रापलाई मानिन्छ । गान्धारीले महाभारतमा भएको विनाश र आफ्ना सय पुत्रहरूको मृत्युको कारण श्रीकृष्ण लाई मान्थिन । श्रीकृष्ण स्वयम् भगवान थिए यदि उनले चाहेको भए महाभारत रोक्न सक्थे । यस कारण गान्धारीले श्रीकृष्णलाई ‘महाभारतको ठिक ३६ वर्ष पछि श्रीकृष्ण र उनको पुरै कुलको विनास होस’ भनेर श्राप दिइन् ।

जसअनुसार ३६ वर्ष पछि यदुवंशीहरूको विनाश भयो, त्यसपछि श्रीकृष्णले पनि देहत्याग गरे र उनको द्वारिका नगरपनि समुन्द्रमा विलिन भयो ।

मृत्युको रहस्य

श्रीकृष्णको मृत्यु एउटा शिकारीको वाण लाग्नाले भएको थियो तर त्यो मृत्यु श्रीकृष्णले आफैले रोजेका थिए ।
त्यो शिकारी बालीको पुर्नजन्म थियो, विष्णु अवतार रामले जसरी बालीको लुकेर मारेका थिए त्यसरीनै उनले शिकारी रुपी बालीबाट आफ्नो मृत्यु रोजेका थिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले