तस्विरमा पोखिएका गोसाइकुण्ड पदयात्राका स्मृतिहरू

काठमाडौं– गत हप्ता म लगाएत केही साथीहरू सुन्दरीजल देखि गोसाइकुण्डको पैदलयात्रामा निस्कियौं।

कोरोना महामारीको कारण ठप्प आन्तरिक र वाह्य पर्यटन क्षेत्र सिथिल छ । तर पर्यटकीय क्षेत्रले पुरानै दिन फर्कने आशमा छन् ।

पदमार्गमा संगालिएका केही स्मृति तस्विरमा :

भक्तपुरका नेवार समुदायको एउटा समूह गोसाईकुण्डको कठिन यात्राको क्रममा आराम गरेर बस्दै ।
लामो समय देखि यसै क्षेत्रमा काम गर्दै आइरहेका टुरिस्ट गाईड गोसाईकुण्डको यात्राको लागि तयारी गर्दै ।
कोरोनमा महामारीका कारण दुई वर्षसम्म बेरोजगार भएर घरमै रहनुपरेका उनी (गाइड) जनै पुर्णिमाको अवसर पारेर पदयात्रमा निस्किएका हुन् ।
एक टुरिस्ट गाइड पदमार्गको उजाड स्थानमा एक्लै हिँडिरहेकाछन् । जो कुनै समय टुरिस्टले उनका पदचाप पछ्छाउँथे तर अब त्यो दिन कहिले फर्कन्छ ? भन्ने कुराको आशामा त छन् तर पुरानै अवस्थामा जाने कुरामा निश्चिन्त छैनन् ।
देउरालीमा अवस्थित एक धार्मिक संरचना।
ढुङ्गाको चाङ : यसमा अनौठौ विश्वास र कथन रहेछ । यो चाङमा जति ढुङ्गा राखिएको छ, जनविश्वास छ, ‘त्यतिनै तल्ला घर बनाउन सकिने भाग्य छ’ ।
एक होटल होटल महामारीको कारण ग्राहक आउन छाडेसँग बन्द अवस्थामा छ ।
दुई टरिस्ट गाइड र एक फिल्म निर्माता ः दुबै महामारीको विनाशकारी प्रभाव पछि आफ्नो काम पुनः सुरु गर्ने प्रयासमा छन्।
पदमार्गमा रहेको होटलको आरामदायक भोजन कक्ष, जहाँ सांस्कृतिक कलाकृतिहरू प्रतिनिधित्व गर्ने सामाग्री राखिएको छ ।
यस क्षेत्रको लोकप्रिय खानेकुरामा छुर्पी पनि हो । भान्सा कोठमा छुर्पी बनाएर सजाएर /सुकाएर राख्ने गरिन्छ ।
पदयात्रीहरु आराम र भोजन को लागि एक अस्थायी टहरामा बस्दै ।
थकित अवस्थामा तीर्थयात्रीहरु र यात्रीहरु सूर्यकुण्डमा रहेको अस्थायी संरचनामा बस्दै ।
पदयात्री आफ्नो यात्रा पुरा गरे पश्चात यात्रा स्मरणीय बनाउन तस्विर लिँदै
तस्विरमा गोसाइकुण्ड
र मेरो जुत्ता को स्थिति । फाटेको छ र चिरिएको छ तर गन्तव्य पुरा गर्न साथ दिएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले