चर्चित अभिनेता ‘बखते’ को निधन

काठमाडौ– वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ ।

कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए।

उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए ।

उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित थिए ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए ।

स्वर्गी थापाका श्रीमती एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले