३५ जनाको मृत्यु, थप ४१ सय ७ जना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । थप ४१ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको छ

पछिल्लो २४ घण्टामा १५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै काठमाडौं उपत्यकामा १ हजार २ सय ७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २ सय ६ जना, ललितपुरमा १ सय ६५ जना र काठमाडौंमा ९ सय ८ जना सङ्क्रमित भएका छन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले