एउटा विज्ञापनले जन्माएको स्टार

एउटा विज्ञापनमा गरिएको मोडलिङले कसैको जीवनमा कतिसम्म परिवर्तन ल्याउन सक्ला ? भारतीय अभिनेत्री हुमा कुरेशीको जीवन त्यही एउटा विज्ञापनले स्टार बनाएको छ ।

ठूलो पर्दामा अभिनय गरेर दर्शकहरूकोबीचमा पहिचान बनाएकी अभिनेत्री हुमा कुरेशीे दक्षिणका फिल्महरूमा पनि आफ्नो पहिचान बनाएकी छिन् ।

फिल्महरूमा कुरैशीका विभिन्न पात्रहरूले, उनलाई सिनेमामा विशेष पहिचान दिलाए । उनको जन्म २८ जुलाई १९८६ दिल्लीमा भएको थियो । उनी प्रसिद्ध रेस्टुरेन्ट चेनका मालिक सलीमकी छोरी हुन् ।

दिल्ली विश्वविद्यालयबाट इतिहास अध्ययन गरेपछि, उनी थिएटरमा भर्ना भइन् । चलचित्र दुनियामा प्रवेश गर्नु अघि उनले धेरै विज्ञापनमा काम गरेकी थिइन्।

एक मोबाइल कम्पनीको विज्ञापन गर्दा, उनी फिल्म निर्माता अनुराग कश्यपकोे नजरमा परिन्, त्यसछि उनको भाग्य परिवर्तन भयो ।

अभिनेत्री हुमा रातारात स्टार बनिन् । हुमाले फिल्म ’गैंग्स अफ वासेपुर’ बाट फिल्ममा प्रवेश गरिन् । अहिले उनको फिल्म उद्योगमा एक दशक पनि पूरा भएको छैन, तर उनी श्रोताको बीचमा प्रसिद्ध भैसकेकी छिन् ।

हुमा शुरुदेखि नै प्रशंसकहरूको बीचमा आफ्नो पहिचान बनाउन सफल रहेकी छिन् । बलिउड बाहेक हुमा तमिल चलचित्रमा पनि आफ्नो हात प्रयोग गर्न चाहन्थिन्, तर फिल्म निर्माणमा ढिलाइका कारण, उनले यसलाई छाडिन् र अगाडि बढिन् ।

‘गैंग्स अफ वासेपुर’ पछि हुमा कुरैशी ’डी–डे’, ’देश इश्किया’, ’जा’ ली एलएलबी २ र काला ’ जस्ता धेरै ठूला फिल्महरूमा देखा परिन् । यस बाहेक उनले एक वेब सीरियल ’लैला’ पनि गरिसकेकी छिन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले