लुम्बिनीकी सांसद ओली एमालेमा

बुटवल – लुम्बिनी प्रदेशसभा सांसद बिमला ओलीले आफू एमालेमै फर्किएको जनाएकी छिन् । सोमबार विज्ञिप्ति जारी गर्दै सांसद ओलीले आफू सुर्य चिन्ह लिएर चुनाव लडेको र सुर्य चिन्ह एमालेको भएको भन्दै आफू एमालेमा भएको बताएकी छिन् ।

उनी दुर्घटनामा निधन भएका एमालेबाट निर्वाचित एमाले सांसद उत्तर कुमार ओलीकी श्रीमती हुन् । उनले विज्ञप्तिमा आफ्ना पतिको सम्मानका लागि पार्टीले आफूलाई उम्मेदवार बनाएकोले आफू एमालेमा रहनु स्वर्गीय ओली प्रतिको सम्मान रहने उल्लेख गरेकी छिन् ।

उनले पार्टीमा भित्र आफ्ना गुनासा भए पनि त्यसलाई विश्वासमा बदलेर एमालेमा फर्किएको बताएकी छिन् । उनले सूर्य चिन्ह लिएर चुनाव जितेकोले माओवादी केन्द्रमा जानु कानुनी रुपमा पनि जायज नहुने उनको भनाइ छ ।

ओली गत बैसाखमा आफू नेकपाको हैसियतमा चुनाव लडेको र पार्टी रोज्न स्वतन्त्र रहेको भन्दै माओवादी केन्द्रलाई समर्थन गरेकी थिइन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले