मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

कास्की – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका-१० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ र सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् ।  

उनीहरुले राम्रो काममा लगाईदिन्छु भन्दै महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएकाे छ ।

उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले