spot_img

भगवान शिवको पूजा विधि

डा.उत्तम उपाध्याय न्यौपाने

देवादिदेव भगवान शिवको महिमा बखान स्कन्द पुराणको केदार खण्डमा गरिएको छ। शिवलिंग पूजाको महत्त्व प्रष्ट गर्दै भनिएको छ कि सृष्टि कर्ता ब्रह्मजिको मडीमय शिवलिङ्गको आरधना गर्दछ।

कार्तिक महिनाको रात्रीमा शिवजीको मुर्ति वा ज्योतिर्लिंग समक्ष दीप दान गर्नाले चिर कालसम्म फल प्राप्त हुन्छ भन्ने जन विश्वास छ। दियोमा तेल वा कपूर धूपयुक्त भएमा शिवजीको अनुकम प्राप्त भइरहन्छ। कार्तिक शुक्ल पक्ष त्रयोदशी तिथिमा शनिबारको युग दुर्लभ मानिन्छ। त्यस दिन प्रदोस कालमा आफ्ना सबै कामना पूर्तिको लागि लिङ्ग रुप धारी भगवान सदा शिवको पूजन गर्नु पर्दछ।

मध्यायनमा स्नान गरि तील र अमलाको साथ गन्ध, पुष्प, फल, लिंग लिएर शिव पूजा गर्नु पर्दछ। प्रदोष कालमा फाबर लिंगको पूजा गर्नु पर्दछ। तिर्थस्तल वा अमरकंटकमा स्तिथ शिवलिंगलाई सर्वादिक महत्वपूर्ण दिईन्छ।

महिन्द्रा भगवानका नजिक गएर १००० दीपक बाल्न सके सार्है राम्रो, भएन भने पनि १०० दीपक र त्यो पनि सम्भव नभए एउटा बत्ति बाल्नुपर्दछ। त्यसपछि भगवानको परिक्रमा १०८ पटक गरेर नमस्कार गरि शिवका १०० रुद्र नामले स्तुति गर्नुपर्छ। शिवलिंग र नन्दीको बीचबाट परिक्रमा गर्नु हुदैन। यसो गर्दा सम्पूर्ण पुण्य नष्ट हुन्छ।

करबिर, मदार, धतुरो, सयपत्रि, पुन्नाग वा संदेसरा, नाग केशर, निल कमल तथा अन्य प्रकारका फूलहरुले पूजापाठ र आरधना गर्नुपर्ने हुन्छ। प्रात, मध्यान र सन्ध्या, ३ समयमै पूजा गर्न सकिन्छ। सायन कालमा प्रदोषमा चमेली, बेली, सिबती, शाम्पुष्प, कट्टुस, कडीकार, आदि फूलहरुबाट पूजा गरेर प्रसाद अर्पण गर्नुपर्ने हुन्छ। रात्रीमा केवल कुमुद पुष्पले शिवको पूजा गर्नुपर्ने हुन्छ।

चतुर्दशी तिथि शिवको आरधनाको लागि सर्वश्रेष्ठ तिथि हो। यस तिथिमा शिवको पूजा सहज रूपमा प्राप्त हुन्छ। कृष्ण पक्षको चतुर्दशी आधा रातसम्म रहँदा सबैले उपबास गर्नुपर्ने हुन्छ। त्यस रात्रीमा शिव पूजाले मनोबाद पूर्ण हुन्छ। यहि तिथि शिवरात्रिमा प्रसिद्ध रहेको छ। प्रत्येक फाल्गुणको कृष्ण पक्षको चतुर्दर्शी तिथिलाई महा शिवरात्रि भनिन्छ र त्यहिँ दिनमा शिवजीलाई दूध अभिषेक गर्नाले शिवजीको कृपा प्राप्त हुन्छ।

शिवजीको प्रिय बार सोमबार हो। त्यसमा पनि श्रावण महिनामा सोमबारको विशेष महिमा रहेको छ। सोमबार र औशिको योग भएमा सबै भन्दा पवित्र दिन मानिन्छ र बिहान राति संगै कमसेकम नबोलिकन जलासयमा गएर स्नान गर्ने चलन पनि रहेको छ।

सोमबारे औशी खासगरी श्रावण र दानको लागि प्रसिद्ध छ। यसदिन नबोलिकन स्नान गर्यो भने अनेक गोधानको फल पाइने र पुण्य मुक्ति प्राप्त हुने जन विश्वास रहेको छ। औशिको दिन चन्द्रमा र सुर्य संगम स्थलमा रहन्छन। त्यसो हुँदा पितृ कार्यको निमिति विशेष महत्त्व रहेको छ।

सोमबारको वर्त लिनेहरुले खासगरी चैत्र महिना बैशाख, श्रावण, कार्तिक र मंसिर महिनाबाट थालनी गर्नुपर्दछ र १४ वर्षसम्म निरन्तर लिनुभएमा साह्रै राम्रो हुने व्याख्या गरिएको छ। नसक्नेहरुले एक वर्ष लिनुपर्छ। शिवजीलाई दुधा अभिषेक गर्दा ज्यादै उत्तम मानिन्छ।

सोमबारको वर्त खासगरि शिव पार्वतीको पूजा गर्नाले दाम्पत्य जीवन सुखमय हुन्छ। पति तथा पुत्रको सुख प्राप्त, पुत्रीको सुख प्राप्त हुन्छ भन्ने विश्वासका कारण महिलाहरुले रुचि पुर्वक यो वर्त लिने गर्दछन्। यसमा दिन रात एक छाक शुद्ध भोजन गर्नुपर्छ।

जम्मा तीन किसिमका सोमबारको वर्त गर्ने गरिन्छ। सामान्य प्रत्येक सोमबार, सोम्य प्रदु सोमबार, १६ सोमबार ३ वटैको वर्त विधान एकनास हुन्छ। शिव पूजन पछि कथा, पाठ र शरण गर्नुपर्छ। १६ वटा सोमबारको वर्त लिने चलन पनि रहेको छ। यो वर्त नियम पुर्वक सम्पन्न गर्नाले शिव पार्वती प्रशन्न भइ मनोकाङ्क्षा पूर्ण हुन्छ।

प्रतिक्रिया

प्रतिक्रिया
नाम