भन्सार छलेर भित्र्याएका दुई गाडी सहित पक्राउ

काठमाडौं–प्रहरीले भन्सार छलि भित्र्याइएका २ थान गाडी सहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छलि सवारी साधन चोरी निकासी गरि बिक्री बितरण भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा गत बिहिबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बौद्धबाट हुन्डाइ कम्पनीको क्रेटा गाडी २ थान सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुस्ताङ लाधोगार दामोदर कुण्ठ गाउँपालिका वडा नं ४ वर्ष ३८ का आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भइ बौद्ध बस्दै आएका वर्ष ४३ का सोनाम टासी योल्मो छन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले