बढ्दो कोरोना संक्रमण, शनिबार मात्रै ३१ सय २४ थपिए

काठमाडौं–कोरोना संक्रमण फेरि उच्च हुँदै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार २४ घण्टाको सार्वजनिक हुँदा ३१ सय १४ संक्रमित थपिएका छन् ।

जुन परिमाण १४ हजार ९ सय १० परीक्षणमा भेटिएको हो । १० हजार ६ सय २५ पिसिआर परीक्षणमा २३ सय ९ र ४२ सय ८५ परीक्षणमा ८ सय ५ संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा १६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म संक्रमितको संख्या ७ लाख ३३ हजार २ सय ६० पुगेको छ । जसमा ६ लाख ४१ हजार ५ सय ६५ निको भएकाछन् ।

शनिबारसम्म ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएकाछन् । अहिले ६ सय ५० जनाले आइसियु र १ सय ६५ ले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले