प्रचण्डलाई पार्टीमा मन्त्री छान्न सकस

काठमाडौं–पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा मन्त्री पठाउन सकस भएको बताएकाछन् ।

शनिबार राजधानीमा आयोजित नर बहादुर कर्मचार्यको आठौं स्मृति दिवसका कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यसले आफ्नो मनमा आतंकको सिर्जना भएको बताए ।

‘मन्त्री बन्न दवाव दिन भित्रबाट हुल आएको थियो म कहाँ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ, हामीले बढी पाउने भनेको ७ जना हो ।’ उनले भने, ‘ यहाँ मन्त्री हुन नपाए नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने गर्ने जवरजस्ती छ अहिलेको परिपाटी भित्र, ठूलै नियुक्ति पाए ठिक छ, नपाए नेतृत्व बदमास हो भन्न बेरै नलगाउने । चार–पाँच दिन देखि म मानसिक तनावमा छु, सबैलाई बनाउन मन थियो, त्यो नहुने फेरि, कुरा आदर्शका गर्ने, चित्त मन्त्री पाइन्छ कि पाइदैनमा अडिने ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले