१८ जनाको मृत्यु, थप २९ सय ७७ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । थप २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ८२ र ३६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ९५ जना गरी २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Latest Posts

spot_img

अहिले