संविधानसभा अध्यक्षलाई प्रधानमन्त्रीको प्रश्न, ‘संविधानमा धारा ७६(५) को व्यवस्था किन गरेको ?’


काठमाडौं–प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानमा धारा ७६(५) को व्यवस्था किन गरेको भनेर सोधेकाछन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै देउवाले संसदका नेम्वाङले राखेको धारणामा प्रतिकृया दिँदै यो धारा किन राखियो भन्ने कुराको बढी जानकार नेम्वाङ नै रहेको बताए ।

‘संविधानमा धारा ७६(५) किन लेख्नुभयो भयो भनेर सोध्नेवाला थिएँ’ प्रधानमन्त्री देउवा बोल्दा नेम्वाङ निस्किइसकेका थिए, उनले भने, ‘सभामुख उहाँ हुनुहुन्थ्यो, बीचमा कहिल्यै संविधान भत्किने छैन, पार्लेमेन्ट कहिल्यै भत्किने छैन भन्नुभएको थियो ।’

उनले राष्ट्रपतिले ७६(५० अनुसार जुनसुकै सांसदले बहुमत पुर्याउनुहुन्छ भनेर आह्वान गरे अनुसार बहुमत हस्ताक्षर सहित गएको बताए ।

प्रधानमन्त्री देउवाले आफूले कसैलाई मत दिन ह्विप नलगाएको अनुरोध मात्र गरेको बताए । नेम्वाङले एमाले बाहेकलाई पार्टीमा ह्विप लाग्ने हो कि भनेर प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले भने, ‘ह्विप हैन हामीले अनुरोध गरेका हौं, अनुरोध त हामीले एमाले, माओवादी सबैलाई गरेका हौं ।’

Leave a Reply

Latest Posts

spot_img

अहिले