१२५ वर्षीय महारानी मन्दिरका पूजारीको निधन

जलेश्वर – महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।

पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गर्नुभएका उनि शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्नुहुने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएनन् ।

पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं