Sunday, July 25, 2021

घर सर्ने नेता नेपालको संकेत, भने, ‘जहाँ गए पनि लक्ष्य, दृष्टिकोण र विचार बोकेर जाने हो’

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउने संकेत गरेकाछन् । उनले पार्टीमा गरिएको अपमान सहन नसक्ने अवस्थामा विकल्पमा जान सकिने संकेत गरेका हुनु ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्कमा बेल्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनको गतिमा एमाललेलाई लिएर जान चाहेको तर नेतृत्वले अस्वीकार गरेको अवस्थामा नयाँ विचार बोकेर जाने बताएका हुन् ।

‘एमालेलाई जनताको पार्टी बनाएर कम्युनिष्ट आन्दोलनमा अगाडि बढाउने हो, नेतृत्वले यसलाई स्वीकारेर सच्चिनुपर्छ’ उनले भने, ‘आफूले बनाएको घर छाड्न कसैले चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन। नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने।’

तर उनले पार्टी भित्रै संघर्ष गर्ने विकल्प सुरक्षित रहेको भन्दै पार्टी भित्र घाउ खटिरा भएको र त्यसलाई उपचार गरेर निको पार्नुपर्ने बताए । उनले अहिले पार्टी नेतृत्वले आफ्नो समूह विरुद्ध गरिरहेको असान्दर्भिक व्यवहार प्रति असन्तुष्टि देखाए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं