Wednesday, August 4, 2021

ओली सरकारले पूर्व प्रधानमन्त्री खनालको उपचारमा ३० लाख निकासा, देउवा सरकारको थप आश्वासन

काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि यस अघिको सरकारले कानुन विपरीत ३० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।

दुबै मृर्गौलामा समस्या देखिएपछि भारतमा उपचार गराइरहेका नेता खनालको मृगौला प्रत्यारोपणको लागि उक्त रकम निकासा गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको र सो रकम अर्थ मन्त्रालयबाट निकासा गरिएको हो ।

२०७५ असोज २ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भन्ने व्यवस्था छ ।

ओली नेतृत्वको सरकारमात्र हैन वर्तमान शेर बहादुर देउवाले समेत सोही निर्णयलाई वैद्यता दिने देखिएको छ । प्रधानमन्त्री देउवाले नेता खनाललाई फोन मार्फत सरकारले सहयोग गर्ने बताएका थिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सुरू देखि नै यसको विरोध गर्दै दुबै प्रधानमन्त्रीको सार्वजनिक रुपमै ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं