Sunday, August 1, 2021

१५ बैंक ‘ह्याक’ को हल्ला, सबै सुरक्षित छ हल्ला मात्रै : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टम ‘ह्याक’ गर्ने चेतावनी आएसँगै हंगामा भएकोे छ । राष्ट्र बैंक सहितको अन्य प्रतिष्ठित बैंकमा बुधबार साँझ इमेल मार्फत धम्की आएको थियो ।

भाइरल म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गरेर आएको थियो ।

यद्यपि, यो म्यासेज नितान्त अफहाव र झुटो भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । बैंकको आईटी टिमले सिस्टम पूर्णरुपमा चेकजाँच गरेको र सबै सुरक्षीत रहेको उनले बताए । यसबाहेक आफूहरुलाई यस्तो कुनै प्रकारको मेल पनि नआएको सुचना अधिकारी पोखरेलले बताए ।

तर, राष्ट्र बैंकले यो झुटो हल्ला भएको आफूहरुको तथ्यांक सबै सुरक्षित रहेको स्पष्ट पारेको छ । सबैलाई ढुक्कका साथ कारोबार गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं