Monday, August 2, 2021

परीक्षणको दायरा बढेन, एउटै अनुपातमा निरन्तर संक्रमण

काठमाडौं–गत बैशाख १६ देखि कोरोना नियन्त्रणको लागि लगाएको निषेधाज्ञा अहिलेसम्म कुनै न कुनै तरिकाले कायमै छ । तर निषेधाज्ञा सहज बन्दै गएको र सार्वजनिक यातयात समेत चल्न थालेको लगभग १ महिना हुन थालेको छ ।


गत असार ७ गते देखि निषेधाज्ञा लगाएका अधिकांश क्षेत्रमा सार्वजनिक यातयात संचालन भएका थिए । त्यस यता दैनिक दुई हजारको अनुपातमा अहिले पनि संक्रमित थपिँदै आएकाछन् । परीक्षण अनुपातमा अहिले पनि २० प्रतिशतको आसपास संक्रमण देखिएको छ ।

निषेधाज्ञा खुकुलो बन्दै गएको भएपनि परीक्षण अहिले पनि बढाइएको छैन । पछिल्लो एक महिनामा बढीमा १६ हजार ९ सय १३ परिक्षण भएकाछन् , कम्तिमा ८ हजार परिक्षण भएकाछन् ।

संक्रमितको अनुपात समान देखिनाले पनि परीक्षणको दायरा बढाएको अवश्यामा संक्रमण अझै पनि जर्जर अवस्थामा रहेको तथ्यांकले देखाइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं