Saturday, July 24, 2021

देउवालाई मत दिने एमाले सांसदलाई संसदीय दलको खिचडी स्पष्टीकरण

काठमाडौं–नेकपा एमालेको संसदीय दलले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणमा पार्टी ऐन, विधान र दलीय अनुशासन विरूद्ध गएर पार्टीको विरुद्ध भेला आयोजना गर्ने, गुटगत गतिविधि संचालन गर्ने, पार्टीको निर्णय विरुद्ध विभिन्न कार्य गर्ने, अनैतिक र अलोकतान्त्रिक तरिकाले विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण कार्य के कारणले गरेको भनेर प्रश्न गरिएको छ ।

स्पष्टीकरणमा पार्टी विधानको धारा ४९ (क) १ देखि ७ र धारा ४९ (च) विपरित काम गरेको भन्दै पार्टी साधारण सदस्य समेतबाट निश्कासन किन नगर्ने भनेर सोधिएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं