‘सरकार भन्दा हाम्रा माग महत्वपूर्ण’ जसपाको ठाकुर समूहले तेर्सायो प्रधानमन्त्रीसँग पुरानै माग

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने दिन अन्तिम समयमा समर्थन गरेको जनता समाजवादी पार्टीको ठाकुर समूहले जसपाका ओली समूहसँगका पुरानै माग तेर्साएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्ने कुरामा सरकारसँग आग्रह गर्ने बारे निर्णय भएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा ठाकुरले विश्वासको मत दिनुभन्दा अगाडि भएको प्रतिवद्धता स्मरण गराएका थिए । प्रधानमन्त्रीले ठाकुरलाई सरकारमा आउने कुरामा सोधेका थिए । ठाकुरले सरकारमा पार्टी आउने भन्दा पनि माग महत्वपूर्ण भएको बताएको बुझिएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं