राजीनामा फिर्ता गर्न रावललाई दवाव

काठमाडौं– सुदूरपश्चिम प्रदेशका चार मन्त्री र १० सांसद नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ताको लागि दवाव दिन रावल निवास टोखा पुगेकाछन् ।

मंगलबार रावल निवासमा पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका उनीहरू यसकै लागि काठमाडौं आएको बताएकाछन् ।

उनीहरुले राजिनामाको निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

जवाफमा रावलले साथीहरूको सुझाव मनन गर्ने बताएका थिए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक रहेको उक्त कार्यदलले तयार पारेको सहमतिमा माधव नेपाल सहमत नभएपछि राजिनामा दिएको बताएका थिए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं