Sunday, July 25, 2021

निर्णायक भनिएको छलफलमा नेपाल समूह, के गर्ला निर्णय ?

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूह निर्णायक भनिएको छलफलमा जुटेको छ ।

विघटित कार्यदलका सदस्यहरुसहित नेपाल पक्षका सबै नेताहरु सहभागी बैठक भर्चुअल रूपमा भइरहेको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएसँगै आफ्नै समूहका विभाजित एमालेको यो समूहले पार्टी कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्दैछन् ।

एमालेको यो समूहमा पार्टी फुटाउने र पार्टी भित्रै संघर्ष गर्ने भन्न दुबै खालका विचार देखिएकाछन् । विशेष गरि दोस्रो तहका जुन कार्यदलमा थिए, साथै रामकुमारी झाँक्री लगायतले पार्टी भित्रै संघर्ष गर्ने पक्षमा छन् ।


उनीहरू एकता भएकै अवस्थामा पनि आफ्नो समूहको बलियो उपस्थित सहित जाने योजनामा छन् । यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने सम्म उनीहरूको तर्क छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं