Saturday, July 24, 2021

सभामुख भण्डारीद्वारा बकर इदको शुभकामना

काठमाडौं – प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले इस्लाम धार्मावलमबीहरुको महान पर्व इद – उल – अजहा (बकरइद ) को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक,तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हमी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपलीको साझा पहिचान कायम गर्न महत्वपूण भूमिका निर्वाह गरेको, सभामुख भण्डारीले भनेका छन् ।

साथै उनले सत्यको मार्गमा लाग्न प्रेरित गर्दै त्यग एवंम् बलिदानको सन्देश दिने इस्लाम पात्रोको अन्तिम महिना जुलहिज्जम मनाइने यो पर्वले हामी नेपालीहरु बिच आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता, शान्ति, सहकार्य र मेलमिलापको वातावरण अभिवृद्धि गर्दै मुलुकको विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिको लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले कोरोनामाहामारीको संक्रमणबाट विश्व आक्रान्त बनिरहेको अवस्था छ । हामी पनि यो परिस्थीतिबाट पृथक छैनौ । हम्रो सानो असावधानीले अवस्था झन विकराल बन्न सक्ने तर्फ सचेत रहदै स्वास्थ्य सुरक्षाका संभव उपाएहरु अवलम्बन गर्दै पर्वहरु मनाउन आग्रह गर्नुका साथै रिस, द्धेष, वैमनस्यता त्यागेर आपसी सदभाव तथा सहकार्यको सन्देश दिने इद – उल – अजह (बकरइद)को अवसरमा हार्दिक मंगलमय शुभकामना सन्देश दिएका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं