Sunday, August 1, 2021

भावुक बनाउने त्यो भेट……..

काठमाडौं– मंगलबार साँझ प्रधानमन्त्री शेर बहादुर देउवा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमालटार पुगेका थिए । पछिल्लो समय बाक्लो राजनैतिक भेटघाटबीचका यी नेताको भेटमा भएका कुरा महत्वपूर्ण थिए होलान तर भेट अनौठो भने थिएन ।

खुमालटार पुगेपछि पछिल्लो समय जो नेता पुग्दा पनि प्रचण्ड पत्नी सीतालाई भेट्न छुटाउँदैनन् । गम्भिर बिमारबाट गलेकी सीतासँगको यस्ता भेटघाटले प्रचण्डकै शब्द सापटी लिँदा, ‘उनको मनोवल माथि उठ्छ ’

सीता सहयोगीको आडमा ठडिएकी थिइन्, प्रचण्ड भावुक तर देखावटी हँसमुख चेहरामा पलङको तल्लो भागमा बसेका थिए । प्रधानमन्त्री देउवा भित्र पसे ।
देउवालाई चिनाउँदै प्रचण्डले सीता तिर हेरेर भने, ‘प्रधानमन्त्री ज्यू के… शेर बहादुर जी ।

देउवाले नमस्कार गर्दै सीता तिर हेर्दै भने, ‘राम्रो छ ?’

प्रचण्डले सीतालाई भने, ‘चिन्यौ नि तिमीले ?’
प्रधानमन्त्री बोले, ‘म शेर बहादुर’
प्रचण्डले भने, ‘चिनें भनिन्’
प्रचण्डले थपे, ‘आरजु पनि आउनु हुन्छ तिमीलाई भेट्न’
उताबाट प्रचण्ड छोरी गंगाले भनिन्..‘आउँछु भन्नु भा, छ’
मौन बनेका प्रधामन्त्री देउवा, प्रचण्ड पत्नी सीताको नजिक पुगेर झुके ।
प्रचण्डले भावुक मुस्कान छर्दै भने, ‘यस्तो भेटघाटले उसको मनोवल उठ्छ क्या …’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं