रेडक्रसका पूर्व अध्यक्ष थापा र सदस्य खवासको सदस्यता खारेजीको निर्णय रोक्न अन्तरिम आदेश (फैसला सहित)

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापा र पूर्व सदस्य भक्त खवासलाई वर्तमान तदर्थ समितिले साधारण सदस्यबाटै हटाउने गरि गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

आर्थिक अनियमिता लगायतको कारण देखाउँदै गत असार १० गते बसेको रेडक्रस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वअध्यक्ष थापा र खवासको सदस्यता खारेज गरेको थियो ।

फैसलाले आदेश जारी नगर्नुपर्ने भए सो को स्पष्ट आधार, प्रमाण, सबुत सहित सूचना तामेली भएको मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र सरकारी वकिलको कार्यालय पाटनमा पेश गर्न भनिएको छ ।

फैसलामा निवेदक लामो समयसम्म विभिन्न पदीय हैसियतमा रही रेडक्रसमा काम गर्दै आएको अवस्थामा साधारण सदस्यबाटै बञ्चित गर्नुपर्ने न्यायोचित नदेखिएको उल्लेख छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं