राराको बाटोमा ‘हेल्थ पोष्ट’ औषधि छैन

मुगु–नेपालकै ठूलो प्राकृतिक ताल र पर्यटकीय दृष्टिले प्रसिद्ध रारा ताल नजिकके माझघट्टमा रहेको हेल्थ पोष्ट उक्त क्षेत्रका स्थानीय, आन्तरिक तथा वाह्य पर्यटकको आकस्मिक उपचारमा सहयोग पुराउँदै आएको स्वास्थ्य संस्था हो ।

हेल्थ पोष्टमा सुविधाको हिसाबले स्थानीय र पर्यटकलाई राहत मिल्दै आएको भएपनि बजेट अभावको कारण आवश्यक औषधिको व्यस्थापन हुन नसक्दा समस्या पर्ने गरेको छ ।

जिल्लाको पूर्वी भेगमा पर्ने छायाँनाथ रारा नगरपालिका वडा नं ९ राराको माझघट्टमा हेल्थ नेपाल संस्थाले २०६१ सालमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हेल्थ पोष्ट सञ्चालनमा ल्याएको हो ।

हेल्थ पोष्टको स्थापना काल देखि हेल्थ नेपाल संस्थाले ४ जना कर्मचारी र औषधिको व्यवस्थापन गर्दै आएको भएपनि २०७० साल देखि औषधि उपलब्ध गराउन छाडेको र मासिक ७५ हजारका दरले कर्मचारीको लागि तलव उपलब्ध गराउँदै आएको हेल्थ सेन्टरका ईन्चार्ज कृष्ण रावलले जानकारी दिए ।

हेल्थ पोष्टलाई औषधि खरिदका लागि मुर्म सामुदायिक विकास संस्थाले उत्पादन गरेको सौर्य शक्तिबाट उत्पादन गरि ८ घरघुरीलाई बिक्री गर्दै आएको शुल्कबाट वार्षिक रूपमा हुने ५० हजार रूपैयाँ आम्दानीबाट हेल्थ पोष्टको लागि औषधि व्यवस्था गरिरहेको छ ।

रारामा पुग्ने पर्यटक हिँड्ने बाटो र जिल्ला सदरमुकाम जाने बाटो पनि भएकाले दिनमा ४० देखि ५० जनासम्म सेवा लिने भएकाले थोरै बजेटले औषधि खरिद गर्दा सेवाग्राहीहरूलाई औषधि उपलब्ध गराउन नसकिएको रावल बताउँछन् ।

हेल्थ पोष्टको लागि गत आर्थिक वर्ष ७७/८८ मा छाँयानाथ रारा नगरपालिकाबाट १ लाख विनियोजन गरिएको र समयमै सेवाग्राहीलाई औषधि उपलब्ध गराउन कर्मचारीको तलब सापट गरि औषधि खरिद गरेका थियो तर उक्त बजेटको औषधिको बिलको रकम नगरपालिकाबाट उपलब्ध हुन नसकेको रावलले जानकारी दिए ।

नागरिक समाजका संयोजक मल्लले गरे सहयोग


हेल्थ पोष्टको औषधि अभावको समस्या टार्न जिल्ला नागरिक समाजका संयोजक रुप बहादुर मल्ले १० हजार रुपैयाँ सहयोग गरेकाछन् । उनले उक्त रकम हेल्थ पोष्टको खातामा जम्मा गरिदिएका हुन् ।

नागरिक समाजका संयोजक मल्लले रारामा आउने पर्यटक र स्थानीय नागरिकहरूले राम्रोसँग औषधि नपाएको जानकारी पाएकोले आफ्नो खर्च कटौती गरि सानो सहयोग गरेको बताए । उनले व्यक्तिले सहयोग गर्नुभन्दा पनि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं