Saturday, July 24, 2021

कक्षा १२ को परीक्षा साउन ३१ देखि, सेन्टर आफ्नै कलेज

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो।

परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए।

Leave a Reply

ताजा खबर

यो पनि पढौं