Wednesday, August 4, 2021

२५ जनाको मृत्यु, थप ३१ सय ८ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । थप ३१ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १ सय ३५ नमुना परीक्षण गर्दा ३१ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा१५ सय ९५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९ सय ९३ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं