Sunday, August 1, 2021

सेफ्टी ट्याङ्कीमा खसेर ६ वर्षीय वालककाे मृत्यु

काठमाडौं – सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ ६ वर्षीय एक वालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा काठमाडौं स्वयम्भु बस्ने दोलखा कुन्जल गाउँपालिका-४ घर भएका निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदास रहेका छन् ।

कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन
ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदासको खेल्ने क्रममा अचानक खसेर
गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं