Sunday, July 25, 2021

घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु , २ जनाको अवस्था गम्भीर

बागलुङ – घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु भएकाे  प्रहरीले जनाएकाे छ । गलकोट नगरपालिका-७ मल्मस्थित मल्म खानेपानी आयोजनामा काम गर्ने रोल्पा सुनिल स्मृती गाउँपालिका-५ गजुल बस्ने २१ वर्षीय दिपेन्द्र पुन मगर समेत ४ जनाको घरेलु मदिरा सेवनबाट सोमबार राति मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गलकोट नगरपालिका-७ बस्ने भद्र बहादुर थापाको मिलन किराना पसलमा घरेलु मदिरा ८ बोतल, चाउचाउ, दालमोट र बिस्कुट समेत सेवन गरी कोठामा गएका उनीहरु बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाबाट खटिएको प्रहरी टोलीले उपचारका लागि तत्काल ईमेर्जेन्सी पोलिक्लिनिक हटिया हुँदै धवलागिरी अस्पताल बागलुङ पठाएकोमा थप उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

पसल सञ्चालक भद्र बहादुर थापा र मदिरा उत्पादन गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय भक्त बहादुर बलाललाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं