Saturday, July 24, 2021

आजदेखि मध्य भोटेकोशीको स्थगित भएको आइपिओको आबेदन खुला

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको स्थगन भएको आईपिओ बिक्रि आज साउन ५ गतेबाट पुनः सुचारु हुने भएको छ । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो ।

स्थगित भएको आईपिओ साउन ५ गतेबाट पुनः सुचारु हुने भएको हो। यस आईपिओमा छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलो सुन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो ।

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

आईपिओमा २ दिनको अवधिमा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको थियो । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ईसेवा, आईएमइ पे र आफ्नै वेबसाइटबाट समेत अनलाइनको माध्यमबाट आवेदन दिन सक्ने ब्यबस्था गरिएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं