Monday, August 2, 2021

क्रियाशिल सदस्यको विवादमा फसेको कांग्रेस महाधिवेशन, केही दिन पछि धकेलिने निश्चित

काठमाडौं– सरकारको नेतृत्व गरिरहको नपाली कांग्रेसलाई महाधिवेशन फलामको चिउरा बनेको छ ।

वडा र पालिका स्तरमा अधिवेशनको चहलपहल सुरू भएपनि नेतृत्वको अटेरी र महाधिवेशनलाई प्राथमिकता नदिने प्रवृत्तिका कारण निर्धारित समयमा महाधिवेशन शुने संभावना नदेखिएको बताइन्छ ।

अहिले पनि क्रियाशिल सदस्यको विवादमा पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन सम्बन्धित निकायका बुझाउने काम भएको छैन । केही जिल्लाका कार्यकता काठमाडौंमा उत्रिएर धर्ना समेत दिइरहेकाछन् । कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो।

तर अहिलेसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउने प्रकृया छ । स्रोतका अनुसार महाधिवेशन कम्तिका पनि १० दिन उता धकेलिने छ ।

केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लाहरूमा पठाइन्छ। त्यसपछि मात्रै वडा अधिवेशनको तयारी पुग्छ। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ।

कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं