Monday, August 2, 2021

गान्धी आदर्शमा कांग्रेसको नारा ‘मेयरको मनोमानी मुर्दावाद’

काठमाडौं–गान्धी आदर्श माध्यामिक विद्यालयको विषयलाई लिएर आन्दोलन गरिरहेको नेपाली कांग्रेस कागेश्वरी मनोनगरा वडा नं ९ इकाईले चौंथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको मनोमानीले हद नाघेकाले कडा आन्दोलनको विकल्प नभएको आन्दोलनकर्ताको भनाइ छ । कांग्रेसले मेयर थापाले गरेको गैर कानुनी निर्णय खारेजीको माग राख्दै आएको छ ।

सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको कांग्रेसले आज पनि मेयर विरुद्ध कालो ब्यानर र प्लेकार्ड प्रर्दशन गरेको थियो। मेयरको मनोमानी मुर्दावाद, अवैधानिक निर्णय खारेज गर जस्ता प्लेकार्ड बोकेर उनीहरु विरोधमा उत्रेका थिए । विरोध कार्यक्रममा बोल्दै इकाई सभापति अनिल थापाले मेयरले आफनो मुडमा नगरपालिका चलाउन खोजेको आरोप लगाए ।

उनले भने ‘ मेयर आफैले दुई बर्ष अगाडी ब्यवस्थापन समितिको अध्यक्षमा राधेश्याम खड्कालाई ल्याउनुभयो, एक बर्ष कार्यकाल अझै बाँकी हुदै समिति नै विघटन गर्ने कस्तो काइदा हो ? मुडको आधारमा प्रधानाध्यापक परिवर्तन गर्ने, शिक्षक सरुवा गर्ने यो कस्तो शैली हो मेयर सापको ’।

सोमवारको विरोध कार्यक्रममा पूर्व विद्यार्थी, स्थानिय अभिभावक र विभिन्न इकाईका नेताहरुको बाक्लो उपस्थिति थियो । आयोजकहरुले दिएको जानकारी अनुसार मंगलवार पनि विरोधको कार्यक्रम जारी रहनेछ । मंगलवार स्थानिय बुद्धिजीवि र सरोकारवालाहरुको उपस्थितिमा विरोध कार्यक्रम संचालन गरिने बताइएको छ ।

गान्धी आर्दश माध्यामिक विद्यालय नजिकै मेयर थापाको निवास छ । सो क्षेत्र आसपासमा बस्ने स्थानिय बासिन्दाले पनि मेयरले सानो कुरामा अनावश्यक राजनीति गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । मेयरले विद्यालयमा हात हालेर गल्ती गरेको आरोप उनीहरुको छ । मेयर थापा भने अझै पनि पछि हट्ने अवस्थामा नरहेको बताउदै आएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं