Sunday, July 25, 2021

डा.केसी फेरि जागे, नयाँ सरकारसँग उनका ५ बुँदे माग

काठमाडौं– डाक्टर गोविन्द केसीले सरकारसँग ५ बुँदे माग अगाडि सारेकाछन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै डा.केसीले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका हुन् । डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको स्पष्ट पारे ।

उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने भनेर आफ्ना ५ बुँदे मागको पहिलो नम्बरमा राखेका छन्। भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने पनि उनको माग छ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि डा केसीले अघि सारेका छन्।

आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने डा केसीको चेतावनी छ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं