Sunday, July 25, 2021

एमालेले देउवालाई मत दिनेलाई स्पष्टिकरण सोध्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको ९ औं बैठकले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरूलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीको निर्देशन विपरित विस्वासकको मत दिने सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

‘पार्टी निर्णयको अवज्ञा गर्दै देउवालाई विश्वासको मत दिने काम अुनुचित भएकोले २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।’ उनले भने, ‘ १० बुँदे सहमतिले पार्टीको निर्णय अवज्ञा गर्ने भनेको छैन । हामीले अन्तिमसम्म पनि पार्टी एक बनाएर लैजान प्रयत्न गरेका हौं ।’

उनले विश्वासको मत दिने दिन बरिष्ठ नेता माधव नेपाललाई सम्झाउने प्रयास गरेको भएपनि अस्वीकार गरेको जानकारी दिए ।

‘विश्वासको मत दिने दिन पनि हामीले माधव नेपाललाई सम्झाउने प्रयास गरेका हौ तर उहाँले आफू १० बुँदेमा असहमति रहेको, देउवालाई विश्वासको मत दिन वचन दिएको र पार्टीमा आफू अल्पमतमा रहेको बताउनु भयो’ उनले भने ।

उनले आफूहरूले १० बुँदे सहमतिको कार्यान्वयन सुरू गरेरै सहमतिको अनुसार २०७५ जेठ २ को सिलशिलामा जोडेको बताए । ‘हामीले १० बुँदे सहमतिको कार्यान्वयन गरेका छौं , त्यसलाई केन्द्रीय कमिटी बैठकले पनि अनुमोदन गरेको छ ।’ उनले भने ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं